मनुष्य जातिको इतिहासको सर्वाधिक ध्यान विधिमध्ये एक हो विपश्यना ध्यान विधि । संसारमा जति पनि मानिसहरूले बुद्धत्व प्राप्त गरे, त्यसमध्ये सबैभ...
मनुष्य जातिको इतिहासको सर्वाधिक ध्यान विधिमध्ये एक हो विपश्यना ध्यान विधि । संसारमा जति पनि मानिसहरूले बुद्धत्व प्राप्त गरे, त्यसमध्ये सबैभन्दा प्रचलित विधि पनि यही हो । अधिकांशले विपश्यनाद्वारा नै बुद्धत्व प्राप्त गरेका छन् । विपश्यना आत्मनिरीक्षणद्वारा गरिने आत्मशुद्धिको साधना हो । यस विधिमा आफ्नै शरीर र चित्तधारामा पल(पल भइरहने प्रत्येक परिवर्तनशील घटनाहरूलाई तटस्थ भावबाट निरीक्षण गरी भौतिक एवं चैतन्यको यथार्थ स्वभावको बोध गर्ने प्रयत्न गरिन्छ ।
विपश्यना ध्यानलाई आत्मनिरीक्षणद्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना(विधि मानिन्छ । लगभग २६०० वर्षपूर्व भगवान् गौतम बुद्धद्वारा पुनः प्रयोगमा यसलाई ल्याइएको हो । यसको मूल स्रोतचाहिँ सनातन हिन्दूधर्मका शास्त्रहरू नै रहेका छन् । भैरव र भैरवी ९भगवान् शिव र पार्वतीको रूप० को कुराकानीका आधारमा लेखिएको विज्ञान भैरवतन्त्र नै यसको मूल स्रोत हो । ध्यानको मूल स्रोत भगवान् शिवलाई मानिन्छ । बुद्धले करिब(करिब संसारबाट विलुप्त भइसकेको यस पद्धतिलाई पुनः अनुसन्धान गरी रोगको उपचारका रूपमा सर्वसुलभ बनाए । यस विधिको उद्देश्य चित्तमा विद्यमान सम्पूर्ण विकारहरूको निर्मूल गरी परम मुक्तिको अवस्थालाई प्राप्त गर्नु हो ।
Full Read https://ehimalayatimes.com/oped/79503
COMMENTS