स्वामी ध्यान राज जी द्धारा लेखिएको लेख हिमालय टाइस्म राष्ट्रिय दैनिकमा प्रकाशन भएको थियो । जुन यँहा प्रस्तुत गरिएको छ । सबैभन्दा पहिला त म...
स्वामी ध्यान राज जी द्धारा लेखिएको लेख हिमालय टाइस्म राष्ट्रिय दैनिकमा प्रकाशन भएको थियो । जुन यँहा प्रस्तुत गरिएको छ ।
सबैभन्दा पहिला त म न शिक्षाशास्त्री हुँ न त समाजशास्त्री । यो मैले किन भनेको छु भने वर्तमान शिक्षाप्रति मेरो जुन दृृष्टि छ कहलिएका शिक्षाशास्त्री, समाजशास्त्रीभन्दा भिन्न छ । हालको शिक्षाको स्थिति देखेर मेरो हृदयमा बहुत पीडा हुन्छ । अहिलेको शिक्षाले व्यक्ति स्वतन्त्र हुन सक्दैन र गुलाम जिन्दगी जीउन बाध्य छ । मनुष्य जाति जुन अन्धकारमा फसेको छ, त्यसको कारण शिक्षा नै हो । मानिस प्रकृतिसँग जोडिन त सकेको छैन नै उसले आफ्नो मौलिक संस्कृतिसमेत गुमाएको छ ।
शिक्षा, ज्ञानले मानिसको मौलिक विवेक जगाउनुपर्ने हो तर लादिएको विचारको टाउको लिएर रोजीरोटीका लागि भाँैतारिरहेको छ । मानिसलाई शिक्षाको नाममा जुन भ्रम पैदा गरिएको छ, यसले हिंसा, द्वन्द्व, झगडा, अनैतिकताबाहेक अरू केही दिन सक्दैन । मनुष्य आज आफ्नो राज्यको एक इन्च भूमिको लागि लाखौं, करोडांै नागरिकको बलि दिनपछि पर्दैन, एउटा पदका लागि आणविक बम वर्षाउन पछि हट्दैन यस्तो शिक्षाले मानिसको भलाई गर्छ भनेर कसरी पत्याउने रु शिक्षाले समाधान होइन समस्या निम्त्याएको छ, शिक्षाले विवेक होइन विचार नित्याएको मेरो ठहर छ । जबसम्म मानिस आफ्नो विवेकले काम नगरी थोपिएको विचारले काम गर्छ तबसम्म यहाँ शान्ति, आनन्द खोज्नु मुर्खतामात्र हो ।
मानिसको स्वतन्त्र विचार बच्चामै हत्या गरिन्छ । धर्मको नाममा गीता, बाइवल, कुरान सिकाइन्छ, पूजा गर्न लगाइन्छ । क्यापिटल तथा कम्युनिष्ट मेनोफेष्टो पढाइन्छ । अनि यसैको आधारमा विचार गर्न सिकाइन्छ । एउटा विवेकपूर्ण व्यक्ति निमार्णका लागि यसभन्दा शत्रु के हुन सक्छ रु मानिस एक विवेकपूर्ण प्राणीको नाताले उसलाई स्वतन्त्रता दिनुपर्ने हो तर विद्ययालय, मन्दिर, मस्जिद, गुम्बाहरूमा शिक्षा, धर्मको नाममा जुन पाठ पढाइन्छ, त्यसले उसको विवेकलाई शून्य बनाइदिन्छ अनि उसले त्यही सोच्छ, जुन उसलाई विद्यालय तथा मन्दिर मस्जिदमा सिकाइन्छ । उसले कहिल्यै पनि सोच्न सक्दैन कि मेरो ज्ञान के हो रु म को हो रु मेरो मौलिक विचार के हो रु
अर्थशास्त्र के हो रु विद्यालयमा एडम स्मिथ, मार्सल, रबिन्सका परिभाषाहरू सिकाइन्छ । १९औं, २०औं शताब्दीमा उनीहरूले के परिवेशमा परिभाषा दिएका थिए, आजसम्म पनि त्यही परिभाषाहरू हाम्रा विद्यालयका पाठ्यक्रम छन् । अर्थको अर्थ धन होला तर धनको अर्ध समयानुसार, परिस्थिति अनुसार विल्कुलै फरक हुन्छ । प्राचीन समयमा धनको अर्थ राज्य हुन्थ्यो, जमिन हुन्थ्यो, पछि आएर धनलाई मानवस्रोतसँग दाँजियो ।
अहिले धनको तुलना व्यापारसँग होला, हातहतियार, परमाणु बमसँग होला तर के सधैं धन यही हो त रु धनको महत्व व्यक्तिअनुसार फरक पर्छ, कोही भौतिक जगतलाई, सुखसुविधालाई धन भन्ला, कोही आत्मिक जगतलाई, आनन्दलाई धन मान्ला यो व्यक्तिमा निर्भर रहने कुरा हो । त्यसैले लाखौं विद्यार्थीलाई एउटै परिभाषा रटान लगाउन पठाउन गुलामी मानसिकता हो । वर्तमान शिक्षाले एक व्यापारी, उद्योगी, राजनीतिज्ञ, वैज्ञानिक बनाउला तर विवेकपूर्ण मनुष्य बनाउँदैन । एउटा व्यापारी, उद्योगी जसरी पनि पैसा कमाउन चाहन्छ, अखाध्य वस्तु बेचेर होस् या मानिसलाई आवश्यकै नहुने विलाशिताका वस्तु उत्पादन तथा बेचविखन गरेर होस् । अखाद्य तथा विलाशिताका वस्तुको उत्पादनले मानव जगतलाई विनाशतर्फ धेकेलेको छ ।
एक राजनीतिज्ञको सम्पूर्ण शिक्षा उसलाई राज्यको उच्च पदमा पुग्नेबाहेक केही हुँदैन । जसरी पनि राष्ट्रपति, प्रधानमन्त्री बन्न उसले सम्पूर्ण शिक्षा, ज्ञान खर्च गर्छ, तर उसलाई जनताको हित र आफ्नै मौलिकता के हो रु पत्तै पाउँदैन । होला केही भौतिक विकासमा केही योगदान देला तर त्यो पद पाउनका लागि उसले कति मानिसको ज्यान लिएको छ, कति मानिसको घरबारविहीन बनाएको छ, कति युद्ध लडेको छ यो उसको विवेकले कहिल्यै सोच्दैन किनकि उसले शिक्षा प्रणाली नै विवेकहीन छ ।
एक वैज्ञानिक चन्द्रमा त पुग्ला, आवणिक बम बनाएर कैयांै मिल दूर क्षेप्यास्त्र त हान्न सक्ला तर त्यही क्षेप्यास्त्रका कारण मानव अस्तित्व गायव हुन्छ भन्ने विवेक त्यसमा हुँदैन । यदि हुँदो हो त आज यति धेरै लडाइँ, झगडा किन भइरहेको छ त रु विश्वयुद्धहरू किन भइरहेका छन् । आजको यस्तो शौक्षिक विकास, चेतनाको विकास, बौद्धिक विकासमा मानिसहरू किन मानिससँगै लडिरहेको छ रु आफ्नै बाउको टाउको काट्न छोरो लागिपरेको छ, आफ्नै शिक्षकको हात काट्न शिष्य पछाडि हट्दैन । किन रु
भगवान्ले एक दिन पृथ्वीको यो उपद्रो देखेर विश्वका शक्तिशाली देशहरू अमेरिका, रूस अनि बेलायतका प्रतिनिधिलाई बोलाए छन् । भगवानले सबैलाई राखेर यो मारकाट अति भयो, यस्तै हो भने पृथ्वीमा अब मानिसको अस्तित्व नै रहँदैन । त्यसैले यो द्वन्द्व, हिंसा, एक(अर्काबीच एटम बम बनाउने प्रतिस्पर्धा छोड भनेछन् । अनि सबैलाई शान्तिका लागि आग्रह गरेछन् । अमेरिकाको प्रतिनिधिले भनेछन् भगवान् ठीक छ हामी अब कुनै प्रतिस्पर्धा गर्दैनौं, अब मानव भलाइका लागि लाग्छौं तर यो पृथ्वीबाट रूसलाई हटाइदिनस्, यसैलाई जित्नका लागि यो पतिस्पर्धा गर्नुपरेको हो ।
यत्तिकैमा रूसका प्रतिनिधिले भनेछन्(भगवान् यो पृथ्वीलाई म स्वर्ग बाइदिन्छु, अमेरिकाले भन्दा बढी विकास र मानिसलाई सुख, सुविधा, आनन्द दिन्छु तर यो अमेरिका भन्ने देशेको नक्सा यो पृथ्वीलाई हटाइदिन प¥यो । भगवानले यो सबै सुनेपछि आँसु पुछ्दै बेलायतलाई तिम्रो केही छ भनेर सोधेछन् । बेलायतका प्रतिनिधिले भनेछन् भगवान् हामीलाई केही चाहिँदैन, बस यी अमेरिका र रूस भन्ने देशलाई पृथ्वीबाट हटाइदिए पुग्छ । हाम्रो विकास, हाम्रो सोच, हाम्रो शिक्षा प्रणाली हाम्रौ मानव अस्तित्वलाई सखाप पार्न लागिपरेको छ । मानिस स्वतन्त्र मानिस भएर बाँच्न पाउने अधिकारलाई नष्ट गरिएको छ । नम्बर एक बन्ने होडबाजीले मनुष्यले आफ्नै अस्तित्वलाई समाप्त पार्न दौडिएको छ ।
अबको शिक्षा प्रणाली आध्यात्मिक शिक्षा प्रणाली हुनु जरुरी छ । अब पृथ्वीमा मानव अस्तित्व जोगाउने हो भने हरेक व्याक्तिलाई स्वतन्त्र छोड्न जरुरी छ । विद्यालय मन्दिर, मस्जिद, चर्च बन्द गरेर आपूmभित्रको मन्दिरभित्र पस्ने वातावरण दिन जरुरी छ । व्यक्तिको मस्तिष्कलाई विचारबाट विकेकतर्फ अगाडि बढाउन आवश्यक छ । यस्तो मस्तिष्क विकसित गर्नुपर्छ प्रतिस्पर्धारहित, हिंसारहित, इष्र्यालुरहित, प्रेमपूर्ण, करुणाले भरिपूर्ण ।
आध्यात्मिक शिक्षाको अर्थ हिन्दू, मुसलमान, क्रिश्चियन, बौद्ध होइन कि यी परम्पराबाट माथि उठ्ने शिक्षा दिन जरुरी छ । हिन्दू, मुसलमान, क्रिश्चियन, व्यापारी, वैज्ञानिक, राजनीतिज्ञ बन्नु वा भएको ठान्नु एक बिमारी हो । जो बिरामी छ त्यसले कहिल्यै मानव हित गर्न सक्दैन । व्यक्तिले आपूmभित्रको पूर्ण व्यक्तित्वको विकास गर्न सकोस् पूर्ण मानव हुन सकोस् अनि बल्ल ऊ हिन्दू, मुसलमान, क्रिश्चियन, व्यापारी, वैज्ञानिक, राजनीतिज्ञ बनोस् । जब ऊ मौलिक व्यक्ति बन्छ यसलाई यी पद प्रतिष्ठा र नामले कुनै माइने राख्दैन ।
see more ....
https://ehimalayatimes.com/oped/76753
COMMENTS